
कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराई आफु महासंघको आसन्न निर्वाचनमा अत्याधिक मतले जितको नजिक रहेको बताएका छन् । मंसिर ११ देखि १३ गते सम्म हुन गएको महासंघको ५४ औं साधारण सभा र निर्वाचनको लागि आफ्नो उमेद्धावारी दिएका भट्टराईले आफु सक्षम र शसक्त भएको साथै साना, मझौला र ठुला व्यवसायीको हकहित र संरक्षणमा रहेकोले कुनै हालतमा आफुले चुनाव जित्ने दावी गरेका छन् ।
पुर्व पश्चिमका शाखाहरुसंग आफुले प्रत्यक्ष भेट गर्दा चुनावी नतिजा आफनो पक्षमा आउने कुरामा धेरै आशावादी भएको उम्मेदवार भट्टराईले वैखरी अनलाइनलाई जानकारी दिए ।
त्यस्तै चुनावी माहोलमा कपिलवस्तु उद्योग बाणिज्य संघले भट्टराईलाई केन्द्रिय सदस्य पदमा जिताउनको लागि सघंको टोली केहिदिन अगाडिनै काठमाण्डौं पुगेको छ । यसैबिच कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले केन्द्रीय सदस्य उठने भट्टराईले सजिलै चुनाव जित्ने समेत बताएका छन । कपिलवस्तु शाखाको नेतृत्व, कार्यशैली र भट्टराईको केन्द्रीय पहुँचका आधारमा चुनाव जितिने अध्यक्ष पौडेलले बताए ।
भट्टराई गोल्छाको लाइनका भरपद्रो उमेदवार भएकोले जित निश्चित रहेको पाइएको छ । महासंघको बिधानत हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुनेछन् । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २ वटा प्यानल बनाएर प्रधान र ढकाल चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान अध्यक्ष पशुपति मुरारका लगाएतका पूर्व अध्यक्षहरुले प्रधानलाई साथ दिने र सोही समुहले कपिलवस्तुलाई सहयोग गर्ने बताइएको छ ।
त्यस्तै सघंका उद्योग उपाध्यक्ष छवि रेश्मी मगरले जितको नजिक पुगेका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराई लाई अग्रिम शुभकामना व्यत्त गरेका छन् ।








