जुन सुकै वस्तु उपभोग गर्दा उपभोक्ता सचेत हुनु पर्ने हो तर कुनै पनि उपभोग्य वा निर्माण जन्य सामाग्री उपभोग वा खरिद गर्दा उत्पादित वस्तु उत्पादन प्रक्रिया कसरी भै रहेको छ भन्ने हेक्का राख्ने संस्कृति आज सम्म पनि नेपालमा स्थापित हुन सकेको छैन । यसैको फलस्वरुप उत्पादन भएका सवै वस्तुहरुमा कुनै न कुनै किसिमको पीडा, दुःख र अन्याय समेत उपभोग्य बस्तुमा हामीले उपभोग गरिरहेका छौं । अझ भनौ त्यस्ता अन्यायपूर्ण उत्पादनमा हामी समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भागिदारी भैरहेको छौं । तर हामीलाई वोध हुन सकेको छैन ।
आज हाम्रै कारणले थुप्रै श्रमिकहरु यस्तै दुःख पीडा अन्यायहरुमा रोमलिरहेका छन् । हामीले उनिहरुलाई विभिन्न किसिमबाट दुःख, पीड कष्टहरु दिइरहेका छौं, उनिहरुले नै उत्पादन गरेका बस्तुहरुमा नै रमाई रहेका छौं । तर ती श्रमिकहरुको दुःख पीडालाई बुझ्ने कोशिस गरेका छैनौं । संच्चिकै हामीले कतै आफ्नो मानवियपनलाई त भुलेका त छैनौं ?
दिनभरी पसिना बगाएर उद्योग धन्धामा काम गर्ने श्रमिकका लाई उचित ज्याला छैन । उनिहरुका बालबालिकाहरु लाई विद्यालय जाने बातावरण छैन । तर हामीले उत्तरदायी उत्पादनको कुरा गर्दै गर्दा दैनिक खानाको जोहो गर्न ठिक्क हुने श्रमिकका बालबालिकालाई विद्यालय सम्म जाने बातावरण सिर्जना गर्न सक्नु पर्छ ।
उत्तरदायि वस्तुको उत्पादन श्रम ऐनमा व्यवस्था भएको कामदारहरुका आधारभूत मापदण्ड पुरा गरी उत्पादन भएका वस्तुहरुलाई जनाउदछ । तर यस किसिमको वालश्रम प्रयोग नगर्ने देखि लिएर वाधाँ श्रमको अवस्था हुन नदिनु, कामदारहरुलाई अमानवीय ढंगवाट काममा प्रयोग नगर्नु, ज्याला तथा कार्यघण्टा नीतिले भने वमोजिमकै हुनु पारिश्रमिक पारदर्शिता, कामदार कर्मचारीहरुको स्वास्थ्य तथा सुरक्षाको याथोचित प्रवन्ध गरी उत्पादन प्रकृया अपनाएका उद्योगहरुवाट उत्पादित जुन सुकै वस्तुहरु उत्तरदायि उत्पदन हो । तर हामीले यस किसिमका बस्तुहरु उत्पादन गर्न सकिरहेका छैनौं ।
हामीले श्रमिको लागि आवासको राम्रो व्यवस्था, आराम गर्ने स्थान, पर्याप्त र सुरक्षित पिउने पानी, पर्याप्त शौचालय, उद्योग परिसरमै प्राथमिक उपचार वक्सहरु, वालवालिकाहरुको शिक्षा एवं स्याहाकेन्द्रको व्यवस्था लगायत उद्योगका आफ्नो विभिन्न नीति, राहत, उद्धार नीति तथा योजना, कर्मचारी परिचालन नीति लगायतका व्यवस्था र कार्यान्वयमा आएका उद्योगहरु संस्थापित गर्नुपर्छ । यस किसिमको उद्योगवाट उत्पादित वस्तुहरुनै उत्तरदायि उत्पादन हो ।
तर नेपालको परिवेक्षमा उत्तरदायी उत्पदन हुन सकेको छैन । अझ बाल श्रमिकको तथ्याङ्ग हेर्ने हो भने अझै ठुप्रै श्रमिकका बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य छन् । उनीहरुलाई उद्धारको लागि खुबै ध्यान पुग्न सकेको छैन । यद्यपी ती श्रमिक र बालबालिकाहरुलाई उद्धारका लागि थुप्रै संघ संस्थ तथा सरकारी नियकाले धेरैे प्रयाश भने नगरेको होईनन् । तर जुन रुपमा हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । तसर्थ, प्रत्येक सचेत व्यक्तिहरुहरु उद्योगहरुलाई उत्तरदायि वनाउने कार्यमा सहभागि हुन सक्छन । तर पहिले त आफूहरु कसरी गैर जिम्मेवार प्रकृया अवलम्वन गरी उत्पादन भएका उत्पादन उपभोग गर्दा आफनो भागिदारी हुन्छ त्यो वुझ्नु जारुरी छ ।
कामदारहरुको आशुं, पसिना, पीडा, दःुख, डर त्रास र न्यून पारिश्रमिक वा समयमा पारिश्रमिक नपाउदा भएको पिडालाई वुझ्नु आवश्यक छ । दोस्रो त्यस्तो अमानवीय तरिकाले उत्पादन भएका वस्तुको उपभोग गर्दा म पनि भागिदारी हुन्छु भन्ने हेक्क राख्नुपर्छ । आफुले खरिद गरेको वस्तुहरुमा त्यस्तो पीडा मिसिएको छ छैन भन्ने जानकारी लिने वानी वा संस्कार वसाल्नु पर्छ । साथै कुन किसिमको उत्पादनहरुमा धेरै मानवश्रोत प्रयोग हुन्छन र त्यहाँ कामदारहरुको मानवीय पक्ष के कस्तो हुन्छ भन्ने समेत हेक्का राख्नु आवश्यक छ ।
उपभोग गर्दा अमानवीय व्यवहारवाट उत्पादन भएका वस्तु हुन भन्ने जानकारी भएमा त्यस्ता उद्योगका उत्पादन खरिद नगर्दा कालान्तरमा एक प्रकारको दवाव सृजना भई सवै उद्योगहरुले मानवीय पक्षलाई निकै ख्याल गर्ने छन् भन्ने अठोट विश्वास समेत गर्नु परयो । यही नै उत्तरदायी उपभोग हो ।
यसै सन्दर्भमा, केही प्रयासहरुलाई नियाल्दा, नेपालमा पनि ग्लेबाल फेयरनेस ईनिसियटिभको सहयोगमा वि.स. २०७० साल देखि ‘बेटर व्रिक–नेपाल’ परियोजना मार्फत ईट्टा भट्टाहरुमा उत्तरदायी उत्पादन र उपभोग गर्ने संस्कृतिको विकास गर्नुपर्छ भनेर विभिन्न किसिमको सचेतना मुलक कार्यक्रम गर्दै आईरहेको छ । श्रमिकहरुलाई कामको सम्मान हुने संस्कृतिको विकास हुँदै छ । तर हरेक क्षेत्रमा बेटर व्रिक नेपाल परियोजनाले मात्र उत्तरदायी उत्पादन गर्ने बानिको विकास गर्न सम्भव भने देखिदैन ।
यद्यपी परियोजना संचालन भएका ईट्टा उद्योगहरु भने पछिल्लो समय सकारात्मक परिवर्तन आएको छ । आज परियोजना संचालन भएका कपिलबस्तु र रुपन्देहीका १४ ईट्टा उद्योगहरु मध्ये रुपन्देहीको सिद्धार्थ, कपिलबस्तुको सेभेन स्टार, संमृद्धि, न्यू सेभेन स्टार, बुद्ध र हिमाल ईट्टा उद्योग उत्तरदायि उत्पादन गर्ने नमुना उद्योगको रुपमा स्थापित हुन पुगेका छन् ।
दिनभरी बुवा आमा संग धुलो मैलोमा खेलेर बस्ने बालबालिकाहरु स्कुल जाने वातावरण सिर्जन भएको छ । अझ उद्योग परिसरमै बालविकास स्कुल खुलेपछि कामदारहरु पनि निकै हर्सित छन् । बालबालिकाहरु बालविकास गएपछि कामदारहरुहरुले बालबालिका हेर्ने समयमा काम गर्न पाएका छन् । बढि ईट्टा उत्पादन गर्न सकेका छन् । जसले गर्दा उद्योगी र कामदार दुवै खुसी छन् । त्यसैले पनि कामदारहरुले आफ्नो बालबालिकालाई नियमित उद्योगकै बालविकासमा पढ्न पठाउँने संस्कृतिको विकास समेत भएको छ ।
यि विभन्न कारणले होला अहिले एउटा ईट्टा उद्योगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । धेरै मनिसहरुको रोजिरोटी जोडिएको ईट्टा उद्योग उत्तरदायी उत्पादन गर्न लागेको छ । सवै जना खुसी देखिन्छ । कपिलबस्तुको नमुना उद्योगको रुपमा स्थापित सेभेन स्टार ईट्टा उद्योगका प्रोपईटर कृष्ण पोख्रेलले आफुहरुले श्रमिकको सम्मान गर्दै उचित ज्याला, स्वस्थ्य, सुरक्षा र बालबालिकालाई शिक्षा समेत प्रदान गर्दै आएको बताउँछन् । उनले भने–“हामीले नाफा कमाउनु मात्र नभएर उत्तरदायी र जवाफदेही उत्पादन समेत ख्याल गरेका छौं ।” अहिले ईट्टा उद्योग विभिन्न समाजिक कार्यमा समेत सहयोग गर्दै आई रहेको पोख्रेलको भनाई रहेको छ ।
अब हामीले उत्पादन गरेका बस्तुहरुको जावफदेखि हुनुपर्छ । यसैले होला आज विभिन्न मिडियाहरुमा समेत उत्तरदायी उत्पादन हुनुपर्ने कुराहरु उथिरहेको छ । आज बेटर व्रिक नेपाल परियोजना अन्र्तगत घरघमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले समेत ईट्टा उद्योगहरुमा उत्तरदायी उत्पादन र उपभोग हुनुपर्छ भनेर कपिलबस्तुका क्रियाशिल पत्रकारहरु संग छलफल समेत गरेको संस्थाका कार्यक्रम संयोजक दुर्गा अर्यालको भनाई छ । उनले अब हामी नगरिकहरु सचेत हुनुपर्छ भन्दै समान खरिद गर्दा बालश्रम प्रयोग भए नभएको, श्रमिकले ज्याला उचित पाएको छ छैन बुझेर खरिद गर्नुपर्ने बताए । त की श्रमिकहरुले दुःख पीडा र आफुले पाउने उचित श्रम समेत नपाएको उपभोग्य बस्तुलाई हामीले बहिष्कार समेत गर्न सक्नुपर्छ ।
अब हामीले ईट्टा उद्योगहरुमा मात्र नभएर जुन सुकै बस्तुको उत्पादन गर्ने मात्र होईन की आफ्नो कारणले कसैलाई समस्या परेको छ कि छैन ? त्यस बारे ध्यान दिन जारुरी छ । आफ्नो कारणले गर्दा परिवार, छरछिमेक, वा कसैलाई असर परेको छ भने हामीले त्यस किसिमका उत्पादित बस्तुहरुलाई प्रोत्सहान दिनु हुदैन र त्यसको लागि राज्यले पनि विशेष ध्यान पुग्न जरुरी छ ।
राज्यले पनि श्रमको क्षेत्रमा र उद्योगहरुलाई विशेष निगरानी गर्न जरुरी छ । संचालित उद्योगहरुमा कामदार मैत्री, बाल मैत्री, श्रमिकहरुलाई न्युनतम ज्यालाको व्यवस्था भए न भएको अनुगमन र उत्तरदायी उत्पादन गरिएका बस्तुहरुलाई राज्यले पनि बजार प्रवद्र्धन गर्नमा विशेष जोड दिन आवश्यक छ । ताकी हरेक उत्पादित बस्तुहरुमा उत्तरदायी उत्पादन र उपभोग गर्ने संस्कृतिको विकास होस् ।
‘राज्य, उत्तरदायी उत्पादन र श्रम गर्ने संस्कृति निर्माण गरौं’
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज नागपञ्चमी पर्व मनाइँदै
९ घण्टा अघि








