गृहपृष्ठ Featured वैज्ञानिक वन संजाल गठन, फेकोफन को अभिब्यक्ती असान्दर्भिक बैज्ञानिक बनको अबधारणा कायमै रहनु पर्ने माग

वैज्ञानिक वन संजाल गठन, फेकोफन को अभिब्यक्ती असान्दर्भिक बैज्ञानिक बनको अबधारणा कायमै रहनु पर्ने माग

प्रकाशित मिति:

, मंसिर १३ फेकोफनको निर्णय असान्दर्भिक रहेको र वैज्ञानिक वन व्यबस्थापनको नियम कायमै हुनुपर्ने नवलपुर वैज्ञानिक वन संजालका अध्यक्ष मधुविलास अधिकारीले बताउनुभएको छ ।

उहाँले नवगठित वैज्ञानिक वन संजालहरुलाई केन्द्रिय गरेर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । कपिलवस्तु वन डिविजन अन्तर्गतका वैज्ञानिक सामुदायिक ब्यबस्थापन समितिका पदाधिकारीहरु बिच गरिएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । फुलबारी सामुदायिक वनको सभाहलमा सम्पन्न छलफलले कपिलवस्तु डिविजन वन कार्यालय अन्तर्गतका वैज्ञानिक सामुदायिक वनका पदाधिकारीहरु रहने गरी संजाल समिति गठन गरिएको छ । जसको संयोजकमा श्रृंगीघाट सामुदायिक वनका अध्यक्ष रेणु सेन चयन हुनुभएको छ ।

सहसंयोजकमा फुलवारीका सामुदायिक वनका अध्यक्ष शेषकान्त बेलबासे, सचिवमा सुर्य मल्ल, कोषाध्यक्षमा पदमलाल अधिकारी, सह सचिवमा डिल्लीराज रेग्मी सदस्यहरुमा दिपक थापा, हुमलाल पौडेल, सत्यनारायण थारु, निल कुमार श्रेष्ठ, सरिता खनाल, लक्ष्मण खड्का लगायत चयन हुनुभएको छ । कुनै पनि हालतमा फेकोफनको निर्णय मान्न तयार नरहेको नवगठित संजालले जनाएको छ । फुलबारी सामुदायिक वनका अध्यक्ष शेषकान्त बेल्बासेको अध्यक्षता, नवलपुर वैज्ञानिक वन सञ्जालका अध्यक्ष मधुविलास अधिकारीको प्रमुख आतिथ्यता, सामुदायिक वनका पदाधिकारीको उपस्थिती रहेको कार्यक्रम फुलबारी सामुदायिक वनका सचिव मिना थापा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यसमितिले छाता सङ्गठन फेकोफनको अभिब्यक्ती बिरुद्द कडा आवाज उठाउने र् केन्द्र सम्मै दबाब दिने आबस्यक परे केन्द्रिय समिती गठन गरिने निर्णय गर्‍यो ।
कार्यक्रममा श्री मधु बिलास अधिकारी, रेणु सेन,सेशकान्त बेल्बासे,सुर्य मल्ल,सरिता खनाल,दिपक थापा,लगाएत ले बोल्नुभएको थियो।

सम्बन्धित् समाचार