गृहपृष्ठ खबर २४ घण्टामा थपिए १३ सय ४ कोरोना संक्रमित : २१ जनाको मृत्यु

२४ घण्टामा थपिए १३ सय ४ कोरोना संक्रमित : २१ जनाको मृत्यु

Nepal corona
Nepal corona

काठमाडौं : पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

बललबउगचलब उयकत

यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।

देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

सम्बन्धित् समाचार