गृहपृष्ठ Featured पिपरा अस्पतालका डा. महतोको मनपरि, सेवाग्राही देखि स्थानिय वाक्क दिक्क

पिपरा अस्पतालका डा. महतोको मनपरि, सेवाग्राही देखि स्थानिय वाक्क दिक्क

कपिलवस्तु जिल्लाको बाणगगा नगरपालिकामा रहेको एक मात्र सरकारी पिपरा अस्पतालका मे.सु डाक्टर रञ्जीता महतोको मनपरिका कारण स्थानिय देखि सेवाग्राही सम्म मारमा परेका छन ।

उनले न त कुनै डाक्टरले लगाउने पोसाकनै कहिल्यै लगाँउछिन न त सरकारी पोसाकनै, न त कुनै बिरामी चेक जाँचनै गर्छिन । यस्तो अवस्था देख्दा अस्पताल आएका बिरामीहरु र स्थानिय समेत दिक्क छन । बुधबार भएको स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत पोशाकमा आए तर उनी आफ्नै क्वाटरमा बस्दा लगाउने लुगा लगाएर आइन ।

उनले अहिलेसम्म कार्यालय पोशाक लगाएको नदेखेको अस्पतालकै एक कर्मचारीले बताए । अन्य कर्मचारी स्रोतकै अनुसार उनले दिनमा बढिमा ३ जना बिरामी हेरेको आफुहरुले देखेको बताए । अस्पतालमा दैनिक करिब २ सय बढि बिरामीहरु आउने गरेका छन ।

यस्ता कर्मचारीको अनुगमन गर्ने कुनै निकाय छैन की ? डाक्टरले जे गरे पनि हुन्छ ? सम्वन्धित निकाय माथि प्रश्न उठ्न थालेको छ । पिपरा अस्पतालकी डाक्टर रञ्जीता यादवले सरकारले दिने गरेको बार्षिक दश हजार पोसाक भत्ता पोसाकमा नभएर अन्यमा खर्च गरेको प्रमाण बिना पोसाक कार्यालयमा उपस्थित हुनुले प्रमाणित गरेको छ ।

उनी अस्पतालमा आएर डाक्टरको नभई अस्पतालको अध्यक्षझै गरी कर्मचारीलाई निर्देशन मात्र दिने गरेकी छन । अस्पताल सरसफाईमा नियुक्त कर्मचारीलाई उनले आफनो क्वाटरमा खाना पकाउने र सरसफाई कार्यमा  लगाउने  गरेकी छन ।

यता पिपरा अस्पतालका अध्यक्ष तथा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उप प्रमुख चक्र अर्याल र वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेल अस्पतालको गुणस्तरीयताका लागी नियमित लागेता पनि डाक्टरका कारण गा्रहो भएको बुझिएको छ । उनले आफनो स्वार्थका लागी दोस्रो गेट समेत बन्द गरेकी छन । केही मेडिकल हलको प्रलोभनमा परि उनले आफनो स्वार्थका लागी गेट बन्द गरेकी हुन ।

सम्बन्धित् समाचार