गृहपृष्ठ Featured रुपन्देहीमा यात्रुबाहक बस पल्टिदाँ कपिलवस्तुका २ सहित १५ जना घाइते

रुपन्देहीमा यात्रुबाहक बस पल्टिदाँ कपिलवस्तुका २ सहित १५ जना घाइते

प्रकाशित मिति:

रुपन्देही : पुर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका १० स्थित चराङ्गे चोकमा यात्रुबाहक बस पल्टिदा १५ यात्रु घाइते भएका छन् । दाङवाट नारायणगढतर्फ जादै गरेको प्रदेश ३–०३–००१ ख ००५९ नम्बरको बिहीबार दिउँसो करिब १ बजे पल्टिएको रामनगर वडा प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक हरि श्रेष्ठले जानकारी दिए । घाइतेहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरु कपिलवस्तु नगरपालिका २ वस्ने ४९ बर्षीया सीता श्रेष्ठ, तुल्सिपुर उपमहानगरपालिका १८ वस्ने १८ बर्षीया आरति वि. क., सोही ठाउँ वस्ने २ बर्षीया अस्मिता वि. क., ६ बर्षीया विमला वि क, २४ बर्षीय सुभाष वि क, २२ बर्षीया सरसता वि क, २२ बर्षीय रामचन्द्र नेपाली, २० बर्षीया राधा घिमिरे रहेकी छिन् ।

त्यस्तै बुटवलकी ४७ बर्षीया मिरा श्रेष्ठ, सोही ठाउँ बस्ने २० बर्षीया रक्षा श्रेष्ठ, २४ बर्षीया मुना पाण्डे, नवलपरासि कावासोती नगरपालिका ३ वस्ने ४२ बर्षीय तिलक कुवँर, चितवन मंगलापुर नगरपालिका १६ वस्ने २३ बर्षीय का रिशन गुरुङ, सैनामैना ११ वस्ने ३५ बर्षीया गंगा थारु र कपिलवस्तुको बाणगंगा नगरपालिकाकी ४७ बर्षीय शुत्रजिया थारु रहेका छन् ।

टायरको रड भाचिदाँ बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटना सम्बन्धि थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार