गृहपृष्ठ खबर बाणगंगा यातायात समितिको अध्यक्षमा न्यौपाने र महासचिवमा भुसाल पुनः निर्वाचित

बाणगंगा यातायात समितिको अध्यक्षमा न्यौपाने र महासचिवमा भुसाल पुनः निर्वाचित

प्रकाशित मिति:

बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा बिष्णु प्रसाद न्यौपाने पुनः चयन भएका छन् भने महासचिवमा पुनः लक्ष्मण भुसाल चयन भएका छन । बाणगंगा यातायात व्यवसायी समितिको १५ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट आज नया कार्यसमिति चयन भएका छन ।

बाणगंगाको बैरियामा रहेको मायादेवि रिर्सोटमा भएको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा बिष्णु प्रसाद पौडेल, उपाध्यक्ष बुद्धि भुसाल, यधा क्षेत्रि, दिनेश श्रेष्ठ, महासचिवमा लक्ष्मण भुसाल, सचिवमा कमल क्षेत्रि, कोषाध्यक्षमा संदिप भुसाल चयन गरेको छ । त्यस्तै सदस्यहरुमा कृष्ण कार्कि, दिपक श्रीस, मिन केसि, तोरन थापा, नारायण गिरीलाइ चयन गरेको छ । त्यस्तै आजै चयन भएका कार्य समितिले लेखा समितिको संयोजकमा कमल घिमिरे सदस्यहरुमा नेत्र प्रसाद पौडेल र प्रदिप जिसिलाई चयन गरेको छ ।

 

कार्यक्रम बिष्णु प्रसाद न्यौपानेको अध्यक्षता, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन महासचिव लक्ष्मण भुसालले गरेका थिए । अधिवेशनले आज बिधान संशोधन गरेको छ ।

सम्बन्धित् समाचार