गृहपृष्ठ खबर नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू, ओली पनि उपस्थित

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू, ओली पनि उपस्थित

काठमाडौं : बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्। बैठक बस्नुअघि नेकपा अध्यक्षद्वयबीच वान टु वान भेट भएको थियो। यद्यपि भेटमा के कुरा भयो यसबारे खुलाइएको छैन।

पछिल्लो समय नेकपामा दुई अध्यक्षबीच विवाद चुलिँदै आएको छ। दुई अध्यक्षले एक अर्कामाथि आरोप प्रत्यारोप लगाइरहेका छन्। जसले गर्दा नेकपा विवाद साम्य हुने भन्दा झन् चुलिँदै गएको छ।

केही समयअघि अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा १७ पेज लामो प्रतिवदेन पेश गरेका थिए। उक्त प्रतिवेदनलाई ओली पक्षमा नेताहरूले ‘आरोपपत्र’ भनेका थिए। सोही प्रतिवेदनको जवाफ लागि ओलीले १० दिन मागेका थिए।

त्यसपछि उनले पनि ३८ पेज लामो प्रतिवदेन तयार गरेर सचिवालयमा पेश गरे। उक्त प्रतिवेदनमा ओलीले प्रचण्डले लगाएका सबै आरोप फिर्ता लिनु पर्ने उल्लेख गरेका थिए।

दाहालले दर्ता गरेको प्रस्तावमा लगाएका आरोपहरू कायम राखेर कोही पनि जिम्मेवारीमा रहन नमिल्ने भएकाले तत्काल बैठक बस्न उचित नहुने भन्दै उनले टार्दै आएका थिए।

 

सम्बन्धित् समाचार