काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६ सय २८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।
त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सोमबार थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।