गृहपृष्ठ Featured बाणगंगाको कोपवामा जिल्लाकै ब्यवस्थित र नमुना हाट बजार सञ्चालनमा आयो

बाणगंगाको कोपवामा जिल्लाकै ब्यवस्थित र नमुना हाट बजार सञ्चालनमा आयो

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ५ कोपवामा कपिलवस्तु जिल्लाकै सबैभन्दा ब्यवस्थित हाटबजार सञ्चालनमा आएको छ ।
कोपवा बजारको सडक छेउमा लाग्दै आएको हाटबजार पुर्व तर्फ ब्यवस्थित टहरा बनसगैँ हाट बजारका ब्यवसायी र स्थानिय खुशी भएका छन ।हाट बजारको उद्यघाटन प्रतिनिधि सासंद तथा पुर्व मन्त्री चक्रपाणी खनाल बलदेव, प्रदेश सभा सदस्य बिष्णु पन्थी र वडा नः ५का वडा अध्यक्ष भिष्मराज भुसालले सयुतm रुपमा गरेका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघिय सामंसद चक्रपाणि खनाल बलदेबले बोल्दौ धेरै बर्ष पुरानो कोपवा बजार रहेको बताउदै यसलाई यसरि व्यवस्थीत देख्दा आफुलाई खुसि लागेको बताए । सो अवसरमा कपिलवस्तुको हथौसामा क्षेत्रिय बजार बन्न लागेको पनि उनले जानकारी दिए । अहिले किसानहरु उत्पादनमा ध्यान नदिएकोले हामि भारतिय बजारमा निर्भर रहन परेको उनको भनाई छ ।

यसैबिच कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य बिष्णु पन्थीले हाटबजार सञ्चालनमा आएको बधाई दिदै बजारमा स्थानिय उत्पादनलाई बजारसम्म ल्याउन र आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए । त्यस्तै बजार को व्यवस्थापन गर्न स्वयम कोपोवा बासिनै लागि परेर आर्थिक स्थीति लाई सहज बनाउनु पर्नेमा जोड दिए ।

करिव ७५ लाख लगानीमा बनाइएको हाट बजारलाई थप ब्यवस्थित बनाउन र हाट बजार छेउमा रहेको पोखरीलाई सोन्र्दयकरणी बढाउन बजेट ब्यवस्थापन गर्न आवश्यक रहेको वडा अध्यक्ष भिष्मराज भुसालले बताए । यसअघि हाटबजार लाग्दै आएको ठाउमा पार्क बनाइने अध्यक्ष भुसालले बताए ।

कार्यक्रम वडा नः ५ को कार्यालय र कोपवा कृर्षी उपज हाट बजार सञ्चालक समितिको आयोजना सम्पन्न भएको थियो । हाट बजार भित्र पार्किक, खानेपानी, शौचालय, सडक बाटोको राम्रो ब्यवस्थापन रहेको छ । कार्यक्रममा कोपवा कृर्षि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष कमल अर्यालको अध्यक्षता, कोपोवा टोल विकास समितिका अध्यक्ष जय करण चैधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा नं. ५का वडा सचिव दिपक पाण्डेको सचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार