गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशन माघ २३ गते

कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशन माघ २३ गते


कपिलवस्तु जिल्लामा रहेको कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशन माघ २३ गते हुने प्रस्ताव सचिवालय बैठकले ल्याएको छ । आज बसेको सचिवालयको बैठकले आउने माघ २३ गते सघंको १५ औ साधारण सभा तथा ७ औ अधिवेश गर्ने प्रस्ताव अध्यक्ष उमानाथ पौडेलले बताए ।

बैठकले उद्योग बाणिज्य महासघंमा भएको हारको समिक्षा समेत गरेको छ । सो अवसरमा सघंका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, उपाध्यक्ष हुमनाथ पौडेल र टोप नारायण भण्डारी, महासचिव लक्ष्मण भुसाल लगायत पदाधिकारी , सल्लाहकार र पुर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष उमानाथ पौडेलले आफुले २३ गते नै चुनाव गराउने भन्ने कुरा आफु निर्वाचित हुदा भनेकाले भनेको कुरा गरैरे छाडने बताए ।

सम्बन्धित् समाचार