गृहपृष्ठ Featured बाणगंगाको एक सुनचाँदी पसलमा चोरी

बाणगंगाको एक सुनचाँदी पसलमा चोरी

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं.१मा रहेको एक पसलमा चोरि भएको छ । वडा नं.१ बैरीयामा रहेको हाम्रो सुनचाँदि पसलमा आज रातको समयमा चोरी भएको हो । रातको करिब १ बजेको समयमा चोरहरुको समुहले पसलको सटरनै तोडेर करिब तिनकिलो चाँदी लिएर फरार भएका छन ।

घटनाको प्रकृति सिसि टिभीमा हेर्दा चोरहरुले कालो माक्स लगाएर आएको देखिएको छ । चोरिको जानकारी पाँउदा साथ ईलाका प्रहरी कार्यलय पिपराको टोलिले घटनाको छान बिन तथा अनुसन्धान थालेको ईन्सपेक्टर दिनेस गुरङले जानकारी दिएका छन् । पछिल्लो समय बाणगंगामा चोरीका घटना अत्याधिक भईरहेका छन् ।

सम्बन्धित् समाचार