काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस सरकारविरूद्ध प्रदर्शनमा उत्रिएकोमा बधाइ दिएका छन्। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरूद्ध सडकमा उत्रिएकोमा उनले कांग्रेसलाई बधाइ दिएका हुन्।
कांग्रेसले सरकारविरूद्ध आज ७७ जिल्लाबाट विरोध गरेको थियो। भट्टराईले आज ट्वीट गर्दै लेखेका छन्, ‘ओली सरकारको निरंकुशतारकुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ१’
उनले अब संसद बैठक बोलाउन पहल गर्नुपर्नेमा जोड दिएका छन्।
‘भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ,’ उनले भने, ‘अब सदन बोलाउन पहल गरौं।’
उनले जनता समाजवादी पार्टी पनि पार्टी एकताका बाँकी काम सकेर सडक र संसदबाट सरकारको विरोधमा उत्रने उनको भनाइ छ।
‘जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक र सदनमा गर्जन्छ !,’ उनले भने।