गृहपृष्ठ खबर संवैधानिक परिषद् बैठक स्थगित

संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौँ : बिहीबार साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको सचिवालयले बैठक स्थगित भएको बताएको छ । बैठक स्थगित भएको म्यासेज प्राप्त भएको अध्यक्षको सचिवालयले बतायो ।

बुधबार नेकपा स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको थियो । तर, आजै बैठक बोलाइएको भन्दै नेकपाका नेताहरु आश्चर्य प्रकट गरेका थिए ।

स्रोतका अनुसार प्रधानन्यायाधीश पनि बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो । सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा यसअघि नै बैठकमा अनुपस्थित छन् । प्रधानन्यायाधीश पनि उपस्थित नभएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको उपस्थितिमा मात्रै बैठक गर्नुपर्ने हुन्थ्यो । अध्यादेशअनुसार पनि बैठकले निर्णय गर्नलाई अध्यक्षसहित ३ जना आवश्यक हुन्छ ।

 

सम्बन्धित् समाचार