गृहपृष्ठ Featured कपिलवस्तुमा पहिलो पटक व्यावसायिक ‘ड्रागनफल’ खेतिको शुरूआत

कपिलवस्तुमा पहिलो पटक व्यावसायिक ‘ड्रागनफल’ खेतिको शुरूआत

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा ब्यावसायिक रूपमा ‘ ड्रागन फल’ खेती शुभारम्भ गरिएको छ ।

स्थानीय युवाहरूको सामुहिक लगानीमा सहलक्ष्य [सि .जि ) एग्रो फार्म एण्ड रिसर्च सेन्टर नामक कृषि फार्म मार्फत उक्त ‘ड्रागन फल’ र ‘एभोकाडो’को व्यावसायिक खेतीको शुरूवात गरिएको हो ।

लुम्बिनी प्रदेशका प्रदेश सांसद बिष्णु पन्थी एवम् बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ध्रुव बेल्वासेले संयुक्तरूपमा ‘ड्रागन फल ‘को बिरुवा रोप्दै वैदेशिक रोजगारमा भन्दा युवाहरुले स्वदेशमै व्यवसाय गरी आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका थिए । उनले जिल्लामै पहिलो पटक सुरु गरिएको खेतीको सफलताको कामना व्यक्त गरे । त्यस्तै वडाध्यक्ष धुर्व बेल्बासेले वडामा सुरु गरिएको ड्राईगन खेतीले वडाको पहिचान दिने भन्दै स्थानीय अन्य युवाहरुलाई पनि प्रेरणा मिल्ने बताए । उनले वडावासीहरुलाई व्यवसायीक कृषि तर्फ उन्मुख हुन आग्रह गर्दै वडाले विभिन्न कार्यक्रम ल्याउने बताए ।

 

आफूहरू ड्रागन फल संगै बिदेशी रैथाने कुखुरा प्रजातिका विभिन्न पंक्षीहरूको समेत उत्पादन गर्ने तयारीमा रहेको फार्म संचालक प्रेम नारायण पाण्डेले जानकारी दिए ।

ड्रागन फल एन्टिअक्सडेन्टको प्रमुख श्रोत मानिन्छ । यसमा पानी प्रशस्त मात्रामा हुने गर्छ । विश्वमा पाइने अरू अनेक प्रकारका एक दर्जन फलहरूमा भन्दा बढी तत्त्व या पोषण यसमा पाइन्छ । यसको बीउमा ओमेगा ३ र ६, गुदीमा भिटामिन सी र छालाका लागि चाहिने तत्त्व पाइन्छ । यसको फल डेङ्गो, सुगर लगायतका बिरामीहरूका लागि जीवन नै वरदान पाए जस्तो हुनेगरि फाइदा गर्छ । प्रशस्त फाइबर भएकोले पाचन प्रणालीलाई चुस्त दुरुस्त बनाउँछ ।

यसमा भएको फोनोइन्टस भन्ने तत्वले मुटु सम्बन्धी रोग लाग्न दिँदैन। क्याल्सियम प्रशस्त पाइने हुनाले दाँत र हड्डी बलियो बनाउँछ । गर्वअवस्थाका महिला, बालबालिका, ज्येष्ठ नागरिक र रोगले दु:ख दिइरहनेहरूको लागि शक्तिवर्दक सञ्जीवनी साबित हुन्छ। अर्थराइटिसका बिरामीका लागि निकै उपयोगी र सौन्दर्यको श्रोतको रूपमा उपयोगी हुने भएकाले यो फलको माग अत्याधिक रहेको फार्म संचालक कृष्ण के .सी ले जानकारी दिए ।

पहिलो चरणमा करिब एक हजार ड्रागन फलको बिरुवा रोप्ने गरि कार्य अगाडी बढाइएको फार्म संचालक केशव सापकोटा एवम् देवलाल जैसीले वैखरी अनलाइन लाई जानकारी दिए ।

सम्बन्धित् समाचार