गृहपृष्ठ खबर अध्यादेश फिर्ताबारे मन्त्रिपरिषदमा छलफलै भएन्

अध्यादेश फिर्ताबारे मन्त्रिपरिषदमा छलफलै भएन्

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर संवैधानिक परिषदसम्बन्धी सोमबार ल्याइएको अध्यादेश फिर्ताबारे बिहीबार साँझ बसेको मन्त्रिपरिषदमा छलफल हुन पाएन। एक मन्त्रीका अनुसार अध्यादेश फिर्ताको विषयमा प्रधानमन्त्री ओली मौन बसेका थिए। ‘आजको बैठकमा प्रधानमन्त्रीले अध्यादेश ल्याएको जस्तै त्यसबारे कुनै कुरा भएन, प्रधानमन्त्री आफैंले निर्णय लिनुभएको भए हामीलाई जानकारी छैन,’ ती मन्त्रीले थाहाखबरलाई भने।

आजै बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्ने बताए पनि उनले एकपटक राष्ट्रपतिसँग परामर्श गरेर मात्रै फिर्ता गर्ने बताए। प्रधानमन्त्री ओलीले साँझ पाँच बजेको लागि संवैधानिक परिषद् बैठक डाकेका थिए।

तर दाहालसँगको भेटपछि ओलीले आज डाकेको संवैधानिक परिषद् बैठक स्थगित गरेका थिए। संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति गरेर फिर्ता नै नभई बैठक बोलाएपछि प्रचण्ड बालुवाटार गएका थिए।

प्रधानमन्त्रीले मुख्यसचिवलाई बैठक सुरु गर्न भनेपछि बैठक नियमित एजेण्डामा प्रवेश गरेको थियो। पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत प्रधानमन्त्रीले मन्त्रीहरुलाई केही पनि ब्रिफिङ नगरेका ती मन्त्रीले बताए। करिब एक घण्टासम्म बसेको बैठक साँझ ७ बजे सकिएको थियो।

 

सम्बन्धित् समाचार