कपिलवस्तुमा प्रहरीले पछिल्लो ६ महिनामा निकै ठुलो सफलता हासिल गर्न सफल भएको छ । कपिलवस्तु प्रहरीले पछिल्लो ६ महिनामा भन्सार छली गरेर भित्राइएको सामान, फरार ब्यक्तिहरु प्रकाउ गर्नमा सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार भेटघाट कार्यक्रममा सो बारे जानकारी गराइएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले असार देखि मंसिरसम्म भन्सार छली गरी ल्याउन लागेका बिभिन्न सामानबाट ३ करोड १६ लाख १९ हजार चार सय सत्ताउन रुपैया राजस्वबाट उठेको बताए । यद्यपि सो रकम बिगतमा १ बर्षमा पनि उठेको थिएन ।
त्यस्तै ६ महिनाको अवधिमा बिभिन्न मुद्धाका १०३ जना फरार रहेका मानिसहरुलाई पनि नियन्त्रणमा लिन सफल भएको छ । उता बिभिन्न लागु औषध किनबेच तथा प्रयोग गर्ने ३९ जनालाई पनि नियन्त्रणमा लिइएको हो ।
साथै जिल्लामा नवराज अधिकारी प्रहरी प्रमुख भएर आएपछि मात्र ४ लाख ९५ हजार रुपैया बिभिन्न नदीजन्य पदार्थको चोरी गर्नेबाट राजस्व उठाउन सफल भएको हो ।
भेटघाटमा बोल्दै पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले प्रहरी काम उदारणीय रहेको बताउदै यो सफलतालाई निरन्तरता दिन आग्रह गरेका छन । पत्रकार भेटघाट कार्यक्रममा दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।








