
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका २ मा ५० भन्दा बढी सक्रिय युवाहरु नेकपामा प्रवेश गरेका छन् । अन्य विभिन्न पार्टी परित्याग गरि ५० बढी युवाहरु नेकपामा प्रवेश गरेका हुन् । अन्य पार्टी भन्दा नेकपाको विकास र सिद्धान्त उचित भएकोले पार्टी प्रवेश गरेको राज कुमार यादवले बताउनुभयो ।
नेकपा वडा न २ मा ५० भन्दा बढी पार्टी प्रवेश गरेको वडा कमिटि सदस्य अनुरुद सापकोटाले बताउनुभयो । पार्टी प्रवेश कार्यक्रम शिवराज नगरपालिका वडा न २ का अध्यक्ष तथा कार्यक्रमका अध्यक्षसमेत रहेका राम कृष्ण रेग्मीले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो । स्वागत गर्दै रेग्मीले नव प्रवेशीहरुलाई पार्टीले उच्च मुल्याकन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै उहाँले पार्टीप्रति आम समुदायको विश्वास बढदै गएको बताउनु भएको थियो ।








