गृहपृष्ठ खबर आफ्नो पक्षका सांसदलाई ओलीले सोमबार बिहान ९ बजे बालुवाटार बोलाए

आफ्नो पक्षका सांसदलाई ओलीले सोमबार बिहान ९ बजे बालुवाटार बोलाए

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफ्नो पक्षका सांसदहरूलाई बालुवाटार बोलाएका छन् । उनले आफ्नो पक्षका सबै सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका हुन् । प्रतिनिधिसभा विघटन गरेपछिको अवस्था बुझ्नका लागि प्रधानमन्त्री ओलीले आफू पक्षका सांसदहरूलाई बालुवाटार बोलाएको एक सांसदले जानकारी दिए ।

‘भोलि ९ बजे आफू पक्षका सांसदहरूलाई । सायद पछिल्लो अवस्थाबारे जानकारी दिनका लागि र अवस्था बुझ्नका लागि बोलाउनुभएको होला,’ प्रधानमन्त्री निकट एक सांसदले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू निकट सांसदहरूलाई बोलाएको ती सांसदले जानकारी दिए । प्रधानमन्त्रीले आफू निकट केही सांसद र नेताहरूसँग भने आइतबार साँझ छलफल गरेका छन् ।

 

सम्बन्धित् समाचार