गृहपृष्ठ खबर प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने जसपाको घोषणा

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने जसपाको घोषणा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समिति बैठकले तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको उल्लेख छ ।

त्यस्तै बैठकले संसद अधिवेशन आव्हान गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

 

सम्बन्धित् समाचार