गृहपृष्ठ Featured किसान ट्याक्टर समिति कपिलवस्तुको अध्यक्षमा योगी, महासचिवमा खनाल र मरासिनीको उम्मेद्वारी

किसान ट्याक्टर समिति कपिलवस्तुको अध्यक्षमा योगी, महासचिवमा खनाल र मरासिनीको उम्मेद्वारी

नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुको आगामी नेतृत्वको लागि चुनावी माहोल सुरु भएको छ । यही पौष ११ गते हुन
लागेको समितिको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनको लागि चुनावि माहोल तातेको हो । समितिको यस अघि उपाध्यक्ष समेत रहेका मनोहर कुमार योगीले अध्यक्षको लागि उम्मेद्वारी दिएका छन् ।

त्यस्तै एक कार्यकाल सचिव र एक कार्यकाल महासचिव भएका झविन्द्र खनालले कपिलवस्तुका जिल्लाका किसान ट्याक्टर व्यवसायि हरुको मागका आधारमा आफुले पुन महासचिवमा उम्मेद्वारी दिएको उनि बताउछन् ।

अर्का उम्मेद्वार सन्तोष मरासिनिले आफु ६ बर्ष देखि समितिको कार्य समिति सदस्यमा रहेर काम गरेकोले यसपालि महासचिवमा उम्मेद्वारी दिएको बताए । त्यस्तै उनले व्यवसायिका र्मम बुझेर काम गर्नका लागि आफुले उम्मेद्वारी दिएको दावि गरे । उद्यपी नेपाल किसान ट्याक्टर समितिमा धेरै लामो सामय सम्म योगदान दिएको तिनैजना प्रतिसप्रधि उम्मेद्वारको भनाई रहेको छ ।

सम्बन्धित् समाचार