गृहपृष्ठ Featured नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुको १६औँ साधारण सभा सकियो, चुनावि माहोलमा समिति

नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुको १६औँ साधारण सभा सकियो, चुनावि माहोलमा समिति

नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुको १६औँ साधारण सभा सम्पन्न भएको छ । ८औँ अधिवेशनको लागि चुनावि माहोल तातेको छ । साधरण सभा तथा अधिवेशन बाणगंगा ८ पुलचोकको सभा हलमा शनिवार भएको हो । कार्यक्रममा नेपाल किसान ट्याक्टर महासंघका केन्द्रीय अध्यक्ष तथा लुम्बिनी ट्याक्टर समितिका अध्यक्ष खेम गौतमले २०५६ सालमा स्थापना भएको नेपाल किसान टयाक्टर समिती कपिलवस्तुले सुशासन र पार्दशितामा अग्र पक्तिमा भएको देख्दा आफु लगायत समग्र ट्याक्टर महासंघको गरिमा उच्च रहेको बताए ।

त्यस्तै किसान ट्याक्टर समितिले ट्याक्टर व्यावसायीलाई मात्र नभएर सम्पूर्ण किसानको लागी काम गर्न आग्रह गरे । कार्यक्रममा नेपाल किसान ट्याक्टर महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष धुर्व धितालले किसान टयाक्टर समितिले हरेक टयाक्टर व्यावसायीलाई उत्साहित गर्न ठोस कदम चाल्नु पर्नेमा जोड दिए । साथै उहाँले टयाक्टर व्यावसायीलाई सरकारले व्यावसायी नभनेको भन्दै सम्पूर्ण टयाक्टर व्यावसायी एक भएर अघि बड्नु पर्ने बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले कोरोना भाईरसको कारणले सबै व्यवसायिहरु मर्कामा परेको बताए । यस्तो बिषम परिस्थीतिलाई मध्यनजर गरेर आफ्ना व्यवसायहरु संचालन गर्न आग्रह गरे । नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुमा कुसल नेतृत्वले गर्दा ट्याक्टर व्यवसायिहरुलाई धेरै सजिलो संग आफ्ना कामहरु संचालन गर्न सहयोग पुगेको जानकारी दिए ।

त्यस्तै वडा नम्बर ८ का वडाध्यक्ष गुणा निधि भूसालले नगरको अब्बल संस्थाको रुपमा नेपाल किसान टयाक्टर समिति स्थापित भएको बताए ।

वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले समितिले अत्यन्त प्रशंसनीय काम गरि रहेको र राज्यमा ६४% किसान भएको मुलुकमा टयाक्टर खरिद गर्न जादाँ १३ % भ्याट तिर्नु पर्ने बाध्यता हटनु पर्नेमा जोड दिए ।

संस्थाका कानुनी सल्लाहाकार ओम प्रकाश अर्यालले यस समितीले नगरमा उत्कृष्ट कार्य गरेको दाबी गरे । महासचिव झविन्द्र खनालले समितिको प्रगति प्रतिवेदन पेश गरेका थिए । त्यस्तै संस्थाका कोषाध्यक्ष बिष्णु गिरीले आर्थिक प्रगति प्रतिवेदन तथा दुर्घटना सम्बन्धी प्रतिवेदन संस्थाका उपाध्यक्ष मनोहर योगिले प्रस्तुत गरेका थिए । कार्यक्रममा दश जना टयाक्टर व्यावसायीहरुलाई सम्मान समेत गरिएको थियो । यसै गरि संस्थाले पूर्व कार्यसमितीहरुलाई पनि कदर पत्रले सम्मान गरेको थियो ।

कार्यक्रममा नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुका अध्यक्ष मधु अर्यालको अध्यक्षता, नेपाल किसान ट्याक्टर महासंघका केन्द्रीय अध्यक्ष तथा लुम्बिनी ट्याक्टर समितिका अध्यक्ष खेम गौतमको प्रमुख आतिथ्यता, नेपाल किसान ट्याक्टर महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष धुर्व धिताल, बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणि अर्यालको विशिष्ट आतिथ्यता, बाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गुणनिधि भुसाल, वडा नं.११ का वडा अध्यक्ष सोमनाथ अर्याल, संस्थाका कानुनी सल्लाहकार ओम प्रकाश अर्याल लगाएतकोे आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल ट्याक्टर किसान समिति कपिलवस्तुका उपाध्याक्ष अब्दुल सतार खाँको स्वागत मन्त्तव्य रहेको कार्यक्रमको संचालन समितिका महासचिव झविन्द्र खनालले गरेका थिए । कार्यक्रममा दुई सय भन्दा वढी ट्याक्टर व्यावसायीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार