
नेपाल किसान ट्रयाक्टर समिति कपिलवस्तुको अध्यक्षमा संकर पौडेल विजयी भएका छन् । समितिको आठौँ अधिवेशन अन्र्तगत ६ पदका लागि मतदान भएको थियो । समितिको आफ्नै भवन पुलचोकमा अध्यक्ष, २ उपाध्यक्ष, सचिव र बाणगंगा ८ का २ सदस्य का लागि मतदान भएको निर्वाचन मण्डलका सह संयोजक रविराज आचार्यले बताए । जसको अध्यक्षमा शंकर प्रसाद पौडेल निर्वाचीत भएका छन् । उनका प्रतिद्धन्धी मनोहर योगि लाई १० मतले पछि पार्दै पौडेल विजयी भएका हुन ।
२ उपाध्यक्षका लागि ४ जना विच प्रर्तिस्पर्धा भएको थियो । जसमा क्षेत्रगत उपाध्यक्ष बाणगंगा क्षेत्रबाट हरि प्रसाद न्यौपाने विजयी भएका छन् । उनका प्रतिसप्रधि सन्तबहादुर पौडेल लाई १६५ मतले पछि पार्दै उनले विजयी हासिल गरेका हुन् । त्यस्तै रुपन्देहि क्षेत्रबाट उपाध्यक्षमा भिम श्रेष्ठ र रिषिराम सापकोटा विच मतदान थियो जसमा भिम श्रेष्ठले ३३२ मत ल्याएर उनि बिजयी भएका छन् ।
त्यसैगरि सचिवमा सन्तोष खत्री मरासिनी र सक्रान्ति थारु विच भएको प्रतिसप्रधामा सन्तोष खत्री मरासिनीले ३०५ मत ल्याएर विजयी बनेका छन् । सदस्यमा बाणगंगा ८ का २ सदस्यहरु बिक्रम पाण्डे र दामोदर पोख्रेल बिजयी भएको निर्वाचन समितिका सदस्य कृष्ण प्रसाद पौडेलले बताए ।
समितिमा वरिष्ठ उपाध्यक्ष , २ उपाध्यक्ष , महासचिव , कोषाध्यक्ष सहितका अन्य सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा वेचन यादव, उपाध्यक्ष शिवराज क्षेत्रका देविराम अधिकारी,शिवराज क्षेत्र अब्दुल सत्तार खाँ , महासचिवमा झविन्द्र खनाल निर्विरोध चयन भएका छन भने कोषाध्यक्षमा विष्णु गिरी , लेखा समिति संयोजकमा पदम रेग्मी, सदस्यहरुमा केदारनाथ पाण्डे, राम बहादुर भुषाल निर्विरोध हुन सफल भएका हुन् । समितिमा ५ सय २४ सदस्य रहेको निर्वाचन मण्डलको भनाई छ ।








