गृहपृष्ठ खबर चुनावपछि मात्र बहुमत र अल्पमतको टुंगो : प्रधानमन्त्री ओली

चुनावपछि मात्र बहुमत र अल्पमतको टुंगो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र बहुमत र अल्पमतको टुंगो चुनावपछि मात्र लाग्‍ने बताएका छन्। शुक्रबार अंग्रेजी नयाँ वर्षका अवसरका प्रवासी नेपालीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्‍यक्त गरेका हुन्।

उनले भने,‘ प्रचण्ड–माधव समूहले आफूसँग बहुमत भएको भनिरहनुभएको छ। बहुमत-अल्पमत अहिले हुँदैन। चुनावपछि हुन्छ।’

नेकपा विभाजनअघि प्रचण्ड-नेपाल समूहसँग स्पष्ट बहुमत थियो। पार्टी विभाजनसँगै प्रचण्ड-नेपाल समूहमा गएकाको संख्या पनि प्रधानमन्त्री ओलीको पक्षमा भन्दा बढी छ।

 

सम्बन्धित् समाचार