गृहपृष्ठ Featured कपिलवस्तु सामुदायिक अस्पताललाई भरपुर सहयोग गर्छु : सार्वजनिक लेखा समितिका सभापति शाह

कपिलवस्तु सामुदायिक अस्पताललाई भरपुर सहयोग गर्छु : सार्वजनिक लेखा समितिका सभापति शाह

प्रतिनिधि शभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले कपिलवस्तु सामुदायिक अस्पताललाई पुर्ण रुपमा सहयोग गर्ने बताएका छन् । कपिलवस्तु सामुदायिक अस्पतालको भ्रमण गर्दै उनले यस्तो बताएका हुन् । कपिलवस्तु जिल्लाको उत्तरी क्षेत्र राजमार्ग संग जोडियको यस अस्पताल ग्रामिण क्षेत्रका स्थानिय बासिन्दा हरुलाई सम्पुर्ण सेवा दिदै पश्चिम देखि पुर्व सम्मका नागरिकहरुलाई सेवा प्रदान गर्न सकोस भन्ने सुभकामना समेत दिएका थिए ।

लाखौंको लगानिमा नाफा कमाउने उदेश्यले संचालन गरिएका अस्पताल भन्दा यसरी सामान्य महायज्ञ संचालन गरेर सुरु गरेका यस्तै अस्पतालले समुदायमा अत्यन्तै उपयोगि सेवादिएको उनको भनाई छ । त्यस्तै भ्रमणका क्रममा उनले भैतिक विकास भन्दा अग्रपंत्तिमा पहिलो स्वस्थ्य र शिक्षा लाई राख्नु पर्ने बताए ।

भ्रमणमा नेपालि काग्रेस रुपन्देहिका उप सभापति फणिन्द्र प्रसाद शर्मा, तरुण दल कपिलवस्तुका सभापति शत्ति सिहं ठकुरी, तरुण दल कपिलवस्तु क्षेत्र नं.१का क्षेत्रिय सभापति तिलक थापा, कपिलवस्तु सामुदायिक अस्पतालका संचालक समिति सदस्यहरुको उपस्थिती रहेको थियो । कपिलवस्तु सामुदायिक अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले उनिहरुलाई भ्रमण गराएका थिए ।

सम्बन्धित् समाचार