
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको अवस्था रत्नपार्कमा औषधि बेच्नेहरूको जस्तो हालत हुने बताएका छन्। उनले काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उहाँहरूका यति यति मान्छे छ। त्यही पनि बहुमतको कुरा गरिराख्नुभएको छु उनले भने, ‘उहाँहरूको भनेको सिसीमा औषधि बेच्ने जस्तो हालत हुन्छ। त्यही पनि रत्नपार्कमा औषधि बेच्ने मान्छेको जस्तो हालत हुने अवस्था छ। ‘उहाँको एजेण्डा देश र संविधानप्रति होइन। यी सब भन्ने कुरा हुन्’ उनले भने।
‘सरकारले राम्रो काम गरेको देखेर उनीहरु आत्तिएको आरोप लगाए। उहाँहरु सरकारको काम देखेर आत्तिनुभएको छ। नयाँ नक्सा छापेपछि उहाँहरुको पीडा बढेको छ’ उनले भने, ‘उहाँहरुको एजेण्डा पेरिसडाँडामा पत्रकार सम्मेलन चलिरहेको कहिले के गर्ने भनेररु’
सडकमा उत्रिएर केही नहुने दाबी गरे। ‘सरकार आफ्नो हातमा पारेर देश बर्बाद पार्नका लागि उहाँहरु लागि राख्नुभएको छ। यो सरकार देशलाई माया गर्ने छ। राष्टिय हितका लागि काम गर्ने सरकार हो यो’ उनले भने।








