कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गौतम बुद्ध प्रबेशद्धारको शिलान्यास गरिएको छ । मेयर किरण सिंहले गोबरी चोकमा पुजापाठ गरी गेटको शिलान्यास गरेका हुन ।
वडा कार्यालयको १० लाख लागतमा निर्माण सुरु भएको हो । सो अवसर मेयर सिंहले नगरपालिकाले गेट निर्माणमा थप बजेट बिनियोजन गर्ने बताए । उनले नगरपालिकाले नगर क्षेत्रको पर्यटकीय विकासकालागि योजनाबद्ध रुपले अघि बढने बताए । उनले तिलाराकोटलाई बिश्व संपदा सुचीमा सुचीकृत गर्न नगरपालिकाले साथ दिने बताए । सो अवसरमा वडाध्यक्ष राम दिनेश यादवले वडाकै चिनारीकारुमा गोबरीमा प्रबेशद्धारा निर्माण सूरु गरिएको बताए ।
उनले गेट निर्माणमा अपुग हुने रकम नगरपालिकासंग माग गरिएको बताए । गेट निर्माणकालागि स्थानयि सुरेन्द्र सिंहको अध्यक्षतामा उपभोक्ता समिति समेत निर्माण गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य सरिता गौतम, राम सरी सुनार र ज्ञानेन्द्र कुमार आचार्य, नगिना सिंह लगायतको सहभागीता रहेको थियो ।