कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गौतम बुद्ध प्रबेश द्धारको शिलान्यास गरिएको छ । मेयर किरण सिंहले गोबरी चोकमा पुजापाठ गरी गेटको शिलान्यास गरेका हुन । वडा कार्यालयको १० लाख लागतमा निर्माण सुरु भएको हो ।
मेयर सिंहले नगरपालिकाले गेट निर्माणमा थप बजेट बिनियोजन गर्ने बताए । उनले नगरपालिकाले नगर क्षेत्रको पर्यटकीय विकासकालागि योजनाबद्ध रुपले अघि बढने बताए । उनले तिलाराकोटलाई बिश्व संपदा सुचीमा सुचीकृत गर्न नगरपालिकाले साथ दिने बताए ।
सो अवसरमा वडाध्यक्ष राम दिनेश यादवले वडाकै चिनारीकारुमा गोबरीमा प्रबेशद्धारा निर्माण सूरु गरिएको बताए । उनले गेट निर्माणमा अपुग हुने रकम नगरपालिकासंग माग गरिएको बताए । गेट निर्माणकालागि स्थानयि सुरेन्द्र सिंहको अध्यक्षतामा उपभोक्ता समिति समेत गठन गरिएको छ ।