
काठमाडौं : पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ सय ७८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९३ पुगेको छ।








