गृहपृष्ठ खबर मुख्यमन्त्री पोखरेललाई कपिलवस्तुमा कालो झण्डा

मुख्यमन्त्री पोखरेललाई कपिलवस्तुमा कालो झण्डा

कपिलवस्तु : आज (विहिबार) सडक उद्घाटनको लागी कपिलवस्तु आईपुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका शंकर पोखरेललाई कालो झन्डा देखाईएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल कपिलवस्तुले मुख्यमन्त्री शंकर पोखरेललाई कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय पात्र समेत रहेका पोखरेललाई कपिलवस्तुको बिजयनगरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तरुण दलका जिल्ला सचिव अमर पौडेल नेतृत्वको टोलीले गणेशपुरमा कालो झन्डा र कालो पट्टि बाधेर बिरोध जनाएका हुन् ।

यस क्षेत्रका बिघटित संघीय संसद अभिषेक प्रताप शाहको पहलमा निर्माण गरेको आरटिओ सडक मुख्यमन्त्री शंकर पोखरेलले उद्धघाटन गर्न जाँदै गर्दा नेपाल तरुण दलले कालोझान्डा देखाएको युवा नेता अमर पौडेलको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदम बिरुद्द कालो झण्डा देखाएको नेपाल तरुण दल कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार