गृहपृष्ठ Featured बाणगंगाको मिनी मार्केटमा रहेको बाणगंगा पुस्तकालय र पिसी फेसन कलेक्सनमा तोड फोड

बाणगंगाको मिनी मार्केटमा रहेको बाणगंगा पुस्तकालय र पिसी फेसन कलेक्सनमा तोड फोड

 


कपिलवस्तुको बाणगंगा नगरपालिका चारनम्बरको मिनी मार्केटमा तोड फोड भएको छ । मिनी मार्केटमा रहेको बाणगंगा पुस्तकालय र पिसि फेसन कलेक्सनमा तोड फोड भएको हो । गए राति करिब १२ बजेको समयमा चोरहरुको समुहले एकै चोटि नजिक नजिकका दुई ठाँउमा तोडफोड गरेकै अवस्थामा बाणगंगा पुस्तकालयको छेउमै रहेको होटलका संचालकले थाहा पाएपछि उनिहरु भागेका थिए । रातको समयमा चर्को आवाज आएपछि थाहा पाएको होटल संचालक बताउ छन् । होटल संचालकले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो ।तोडफोड बाट सामान्य क्षति भएको प्रहरीको भनाई छ । तोडफड गर्ने समुहको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार