गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तु सामुदायिक अस्पतालमा अति विपन्न परिवारको उपचारका लागि अक्षय कोष स्थापना

कपिलवस्तु सामुदायिक अस्पतालमा अति विपन्न परिवारको उपचारका लागि अक्षय कोष स्थापना

चार नम्बर जीतपुर : कपिलवस्तु सामुदायिक अस्पतालमा अति विपन्न अशक्त परिवारको उपचारका लागि अक्षय कोष स्थापना गरिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं ८ निवासि गोकर्ण पाण्डे (छविलाल) ले सामुदायिक अस्पतालमा अति विपन्न अशक्त परिवारको उपचारका लागि अक्षय कोष स्थापनाका लागि रकम उपलब्ध गराउनुभएको हो ।

उनले अक्षयकोषका लागि रु १ लाख १ हजार बराबरको चेक हस्तान्त्रण गरेका हुन् । चेक हस्तान्त्रण गर्दै पाण्डेले समाजमा अति विपन्न तथा अशक्त परिवार आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट बञ्चिन हुन नपरोस भन्ने उद्देश्यले अक्षय कोष स्थापनाका लागि रकम उपलब्ध गराएको बताए ।

सो चेक अस्पताल विकास समितिका अध्यक्ष रामजि सेन र अक्षय कोष खाता सञ्चालन समितिका संयोजक राम प्रसाद गैरेलाई हस्तान्त्रण गरिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले जानकारी दिएका छन् ।

चेक ग्रहण गर्दै अस्पतालका अध्यक्ष रामजी सेन, बरिष्ठ उपाध्यक्ष राम प्रसाद गैरे, महासचिव पोम नारायण पौडेल, सदस्य ज्ञान बहादुर कार्की तथा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले संयुक्त रुपमा धन्यवाद व्यक्त गर्दै यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सदैव तत्पर रहने बताए ।

सम्बन्धित् समाचार