गृहपृष्ठ खबर प्रचण्ड भन्छन्- तत्काल ओलीसँग एकता हुँदैन

प्रचण्ड भन्छन्- तत्काल ओलीसँग एकता हुँदैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीसँग तत्काल एकता हुने कुनै आधार नभएको बताएका छन्। नेकपाले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरूसँग गरेको छलफलका कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘केपी ओलीको व्यवहार र प्रवृत्तिको कारणले यस्तो अवस्था संकट आयो उहाँले पद छाड्न पर्दा कुर्सी, भाँच्ने घरमा आगो लगाउने काम गर्नुभयोु उनले भने, ‘त्यसैले अहिले तत्काल उहाँसँग एकता हुने म चाहिँ देख्दिनँ, राजनीति हो पछि के हुन्छ भन्ने थाहा छैन।’

प्रधानमन्त्री ओलीले पनि तत्कालै आफूले गरेको गल्ती स्वीकार गरेर फर्कने अवस्था रहेको बताए। उहाँले पनि गल्ती स्वीकार गरेर फर्किने अवस्था म देख्दिनँ, ओली गल्ती स्वीकार गरेर नफर्किएपछि एकता हुने कुरै भएनु उनले भने।​

 

सम्बन्धित् समाचार