
वैखरी अनलाईन : राष्ट्रिय सामाजवादी पार्टी जसपाका केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री ओलीले सनकको भर संसद भंग गरेको आरोप लगाउनुभएको छ । जसपा कपिलवस्तुले आज चार नम्बरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताउनु भएको हो ।
ओलीले कुनै समय संसद पाँच वर्षसम्म भंग हुन सक्दैन् भनेको स्मरण गर्दै श्रेष्ले अहिले किन आफै संसद भंग गरेको भनि ओलीलाई प्रश्न गर्नुभएको थियो । श्रेष्ठले नेकपा ओली समूहका सुवास चन्द्र नेम्वाङलाई दुई जिबे्र तथा चमेरोको संज्ञा दिनुभएको छ । उहाँले तत्कालीन सविधान सभा प्रमुख सुवास चन्द्र नेम्वाङले समेत पाँच वर्षसम्म कसैले पनि संसद विघटन गर्न नसक्ने जिकीर गरेको स्मरण गर्नुभएको थियो ।
नेम्वाङले पहिले संसद विघटन गर्न पाईदैन भन्ने समयमा परिस्थिति अर्कै रहेको र अहिलेको परिस्थिति अर्कै रहेको भनेर दिएको अभिव्यक्तिको श्रेष्ठले चर्को आलोचना गर्नुभएको थियो । “हिजो एउटा बोल्ने र अहिले एउटा बोल्ने नेम्वाङलाई लाज लाग्नु पर्ने हो ” उहाँले भन्नुभयो ।








