
अन्तरप्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयस्तरिय अन्तरक्रिया कार्यक्रम आज बुटवलमा गरिएको छ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको हो ।
लुम्बिनी प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आजबाट गरिएको उक्त कार्यक्रम भोलिसम्म संचालन हुने मन्त्रालयले जनाएको छ । कार्यक्रममा देशका सातै ओटा प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रालयका मन्त्रीहरुको सहभागिता रहेको थियो ।
उद्घाटनमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट प्रदेश सभा संचालन तथा संयोजनको मामिलामा सकारात्मक रहेको बताउनुभएको थियो । पोखरेलले प्रदेश सरकार र आम संचार माध्यमबिच अझै पनि समन्वयनात्मक बातावरणको सिर्जना हुन नसकेको गुनासो गर्नुभएको थियो । राष्ट्रिय स्तरका मिडियाले पनि प्रदेशीक मनोविज्ञानको विकास गर्नु पर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिनुभएको थियो ।
अझै पनि प्रदेशीक मनोविज्ञानको विकास गर्ने कुरामा चुनौति रहेको जिकीर गर्नुभएको छ । पोखरेलले प्रदेशलाई संघीयताको बलियो आधारको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । स्थानीय भाषा, संस्कृति र समुदायलाई प्रदेशसंग जोड्न विशेष ध्यान दिईएको उहाँको भनाई । प्रदेशमा थारु र मगर समुदायको बढी बसोबास रहेकाले प्रदेश यी जातजातीले प्रदेशको अपनत्व कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसिको स्वगत रहेको कार्यक्रमको संचालन कानुन तर्जुमा महाशाखा प्रमुख केदार कोइरालाले गर्नु भएको थियो ।








