गृहपृष्ठ खबर कपिलवस्तु नगरपालिकाका २५ छात्राहरुलाई उच्च शिक्षाको सहजताका लागी साईकल

कपिलवस्तु नगरपालिकाका २५ छात्राहरुलाई उच्च शिक्षाको सहजताका लागी साईकल

प्रकाशित मिति:

कपिलवस्तु : उच्च शिक्षा अध्ययनको सहजताका लागि २५ छात्राहरुलाई साईकल वितरण गरिएको छ । कपिलवस्तु नगरपालिका २ ले उच्च शिक्षा अध्ययनरत गरिब र दलित जहेन्दार र मुस्लिम समुदायका छात्रालाई एक कार्यक्रमका बिच साईलक वितरण गरेको हो । । मेयर किरण सिंह उप मेयर लक्ष्मी साउ गुप्ता, वडाध्यक्ष रामभजन कलवारले छात्राहरुलाई साईकल हस्तान्तरण गरेका थिए ।

साईकल पाएका छात्राहरु सदरमुकाम तौलिहवाका क्याम्पस र उमाबिमा अध्ययनरत छन । बिद्यालय टाढा भएका बिद्यार्थीहरुलाई आउजाउ गर्न सहजताकालागि साईलक दिइएको हो । सो अवसरमा मेयर सिंहले बिद्यालय टाढा हुदा बिद्यालय जान अप्ठेरो परेको बिद्यर्थीलाई वडाले साईलक उपलब्ध गराएर राम्रो काम गरेको बताए ।

‘ बिद्यालय टाढा हुदा खासगरी छात्राहरु बिद्यालय जान गाह्रो हुन्छ, यस्तोमा साईकलले छात्राहरुलाई सहज हुन्छ ’ उनले भने । उप मेयर गुप्ताले बिपन्न छात्रछात्रालार्ईं साईलक दिएर वडाले धेरै राम्रो काम गरेको बताए । टाढा भएका छात्राहरुलाई यसले आउजाउ गर्न मद्दत मिल्ने उनले बताईन । साईकल पाए पछि छात्राहरु निकै खुशी भएका थिए ।

तौलिहवा स्थित तौलेश्वरनाथ उच्च माबिमा अध्ययनरत लम्तियाकी बिदावती यादवले अब बिदालय आउजाउ गर्न निकै सजिलो भएको बताईन । ‘ साईलक नहुदा ३ किलो मिटर हिडेर आउनु पथ्र्यौ अब भने सजिलो भएको छ । उनले भनिन । वडाध्यक्ष कलवारको अध्यक्षता, रोशन गिरीको संचालनमा भएको कार्यक्रममा साजिकक विकास सल्लाहकार सुरेन्द्र लम्साल मुख्तार अहमद खा लगायतले मन्तब्य दिएका थिए ।

सम्बन्धित् समाचार