कपिलवस्तु : कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा अनलाइन मार्फत व्यक्तिगत घटना दर्ताको सुरुवात गरिएको छ । महाराजगं नगरपालिका वडा न १ महाराजगंज नगरपालिकाबाट अनलाईन घटना दर्ता सुरु गरि प्रमाणपत्र हस्तान्तरण गरी अनलाइन दर्ताको सुरुवात गरिएको हो । आज आउने पहिलो सेवा ग्राहीलाई अनलाइन मार्फत सेवा प्रदान गरिएको महाराजगंज नगरपालिकाले जनाएको छ ।
व्यक्तीगत घटना दर्ताका लागि केन्द्रिय निर्देशन अनुसार अनलाइन प्रणली लागु गरिएको महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो । बदलिदो समय परिवेश र समाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्तालाई व्यस्थीत गर्दै लगेको प्रमुख प्रशासकीय अधिकृत खरेलले बताउनु भयो ।
बसाई सराई दर्ता, जन्म दर्ता र मृत्यु दर्तालाई प्रथम चरणमा अनलाइन मार्फत कार्य थालनी गरेको महाराजगंज नगरपालिकाका सुचना अधिकारी बृजेश चौधरीले बताउनु भयो । आउने दिनमा महाराजगंजका ११ वटै वडामा अनलाइन प्रणली लागु हुने सुचना अधिकारी चौधरीले बताउनु भयो । अनलाइन प्रणली सबैभन्दा पहिले महाराजगंजको १ नं बडाबाट सुरु गरिएको वडा नं १ का सचिव शिव मुरत लोनियाले बताउनु भयो ।