गृहपृष्ठ Featured कपिलवस्तु जेसिजको २१ औँ अधिवेशनको चुनाव अनिश्चित कालका लागि स्थगित

कपिलवस्तु जेसिजको २१ औँ अधिवेशनको चुनाव अनिश्चित कालका लागि स्थगित

कपिलवस्तु जेसिजको नयाँ कार्यसमिति चयनमा विवाद भएपछि २१ औँ अधिवेशनको टुंगो लाग्न सकेको छैन । बार्षिक साधारण सभा सम्पन्न भएपनि अधिवेशनका लागि चुनाव गर्ने भनिएको थियो । तर ठुलो विवाद भएपछि चुनाव पनि अनिश्चितकालका लागि स्थगित भएको साधारण सभा तथा अधिवेशनका संयोजक एवम् कपिलवस्तु जेसिज बर्ष २०२० का कार्यक्रम संयोजक शंकर न्यौपानेले जानकारी दिएका छन् । यस्तै हिजो कपिलवस्तु जेसिज बर्ष २०२० को २१ औँ बािर्षक साधारण सभा सम्पन्न सम्पन्न भएको छ । विभिन्न सामाजिक कार्यमा अग्रसर कपिलवस्तु जेसिजको साधारण सभा श्रीपेच होटल एण्ड रिसोर्टमा सम्पन्न भएको हो । साधारण सभामा कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज खत्रीले संस्थाले गरेको कार्यक्रम तथा आगामि कार्ययोजना प्रस्तुत गरेका थिए भने महा सचिव प्रबिन पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज खत्रीको अध्यक्षता, कार्यक्रम संयोजक शंकर प्रसाद न्यौपानेको स्वागत मन्तब्य तथा महासचिव प्रविन पौडेलको सञ्चलालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार