
कपिलवस्तु : ‘भन्सारको स्थिती उन्नति र पुनस्थापना लचकता क्षमता अभिवृद्धि’ भन्ने मुल नाराका साथ ६९ औं अन्तरराष्ट्रिय भन्सार दिवस कपिलवस्तुमा मनाइएको छ । सो अवसरमा सुठौली र कृष्णनगर भन्सार कार्र्यलयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
जिल्लाको दोस्रो ठुलो भन्सार सुठौलीमा भएको कार्यक्रममा प्रजिअ दीर्घनारायण पौडेलले सुठौली भन्सारमा क्वारेन्टाईन स्थापनाका लागि पहल गरिने बताए । उनले स्थान अभावले गाडीहरु सडकमै खडा भएकाले यात्रुहरुलाइृ मर्का परेको बताए । उनले भन्सारकालागि आवश्यक जग्गा समेत लिने प्रकृया चाडै अघि बढाईने बताए । पौडेलले सुठौली भन्सार ठुलो भन्सार भएपछि यहाँको ब्यपारीहरुलाई धेरै फाईदा भएको बताए । कार्यक्रममा सो नाकामा धेर्रै भन्सार बुझाउने ब्यापारी हबीबूल्लाह मुसलमानलाई दोसल्ला ओढाई समनित गरिएको थियो ।
यस्तै जग्गादाता सोमनाथ चौधरी, भन्सारका कर्मारी मोहनलाल अवाल समेत सम्मानित गरिएको थियो । सुठौली भन्सार कार्यालयको प्रमुख रमेश खड्काले सुठौली भन्सारले बिस्तारै प्रगति गरेको बताए । उनले भन्सारले ६ महिनामै बार्षिक लक्ष्यको ढेड गुना (७८ करोड) राजस्व संकलन भएको बताए ।
भन्सार प्रमुख खडकको अध्यक्षता, अजयचन्द्र ढवाडीको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष सुदीप पौडेल, यशोधरा गाउपालिका वडा नम्बर ५ का अध्यक्ष लईएस पठान लगायतले मन्तब्य दिएका थिए ।







