गृहपृष्ठ खबर जनगुनासो बढेपछि कपिलवस्तुका ५ पेट्रोल पम्पमा अनुगमन

जनगुनासो बढेपछि कपिलवस्तुका ५ पेट्रोल पम्पमा अनुगमन

कपिलवस्तु : जनगुनासो बढेपछि कपिलवस्तुका ५ वटा पेट्रोल पम्पमा अनुगमन गरिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा कपिलवस्तु नगरपालिका भित्र रहेको ४ र सुद्धोदन गाउपालिकाको लबनीमा रहेको एक वटा पेट्रोल पम्पको अनुगमन गरिएको हो

। कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गजेन्द्र नेपालीको अगुवाईमा मन्त्रालय, आयल निगम, घरेलु तथा साना उद्योग कार्यालय प्रहरीको संयुक्त अनुमगन टोलीले पेट्रोल पम्पको अनुगमन गरेको हो । तौलिहवाको पुरानोहाट बजार, बर्धाहवा, डंगरी, बैदौली र लवनीमा रहेको पट्रोल पम्पको अनुमगन गरिएको सहायक प्रजिअ नेपालीले बताउनु भयो ।

पेट्रोल पम्पमा रहेको डिजल र पेट्रोलको सुद्धता, तथा नापजाच, दर्ता नबिकरण, बिल लगायतका कुराहरुको अनुमगन गरिएको बरिष्ठ निरीक्षक मनोज कुमार पोख्रेलले बताउनु भयो ।

आयल गिमन भलवारीका प्रबन्धक सुर्यराज शर्माले जनगुनासो बढे पछि पेट्रोल पम्पको अनुमगन गरिएको बताउनु भयो । पेट्रोल पम्पको अनुमगन गर्दा कैफियत भने नभेटिएको उहाँले बताउनु भयो । उहाँले अनुगमनलाई भने निरन्तरता दिनु भयो । अनुगमन टोलीमा बरिष्ठ सहयाक केशव गौतम, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालिदास बस्याल लगायतलको टोली थियो ।

 

सम्बन्धित् समाचार