
कपिलवस्तु जेसिजले छापामार शैलिमा निर्वाचन गराएको भन्दै केहि पदाधिकारीहरुले राजिनामा गरेका छन् । जेसी प्रविन पौडेल, जेसी मिन बहादुर थापा र जेसी अशोक पौडेलले संयुक्त रुपमा एक प्रेश विज्ञप्ती जारि गर्दै राजिनामा दिएका हुन । उनिहरुले “शाशन व्यक्तिको होइन विधिको हुनु पर्छ” भन्ने कपिलवस्तु जेसिजको नाराको खिल्ली उडाएको समेत उनिहरुले आरोप लगाएका छन् ।
संयुक्त रुपमा हस्ताक्षर जारी प्रेश विज्ञप्ती मा भनिएको छ “शाशन व्यक्तिको होइन विधिको हुनु पर्छ” भन्ने नारा बोकेको कपिलवस्तु जेसिजको २१औं शाखा अधिवेशनमा कपिलवस्तु जेसिज को सचिवालयमा उमेदवारी दर्ता गरी पछी उमेदवारी फिर्ता लिने निवेदन पेश गरेका हामी जेसी प्रविन पौडेल (र्कायकारीणी उपाध्यक्ष पदमा ) जेसी मिन बहादुर थापा (उपाध्यक्ष पदमा) र जेसी अशोक पौडेल (उपाध्यक्ष पदमा ) उमेदावारी फिर्ता पश्चात अधिवेशन स्थगीत भनी प्रमूख निवार्चन आयुक्त घर गए पश्चात राती छापामार शैलीमा हामीलाई निवार्चीत भनी सुचना टास गरीएको मा विधिको शासन को खिल्ली उडाएकोमा खेद प्रकट गर्दै यसै विज्ञप्ती मार्फत हामी उक्त पदमा नरहेको निवेदन गर्न चाहान्छौ भनिएको छ ।
बार्षिक साधारण सभा सम्पन्न भएपनि अधिवेशनका लागि चुनाव गर्ने भनिएको थियो । तर ठुलो विवाद भएपछि चुनाव पनि अनिश्चितकालका लागि स्थगित भएको साधारण सभा तथा अधिवेशनका संयोजक एवम् कपिलवस्तु जेसिज बर्ष २०२० का कार्यक्रम संयोजक शंकर न्यौपानेले जानकारी दिएका थिए । संयोजक न्यौपानेले दिएको जानकारी अनुसार समाचार आउन थालेपछि साँझको ७ : १५मा छापामार शैलिमा निवार्चीत भनी सुचना टास गरीएको बताए ।








