
कपिलवस्तु फुटवल संघले खेलाडिहरुको स्तरोन्नतिका लागि १० दिने प्रशिक्षण सुरु गरेको छ । बाणगंगा नगरपालिकाको शभाहलमा भएको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराईएको हो । कपिलवस्तु जिल्लको बाणगंगा नगरपालिकामा रहेको बुद्धरंगशालामा राष्ट्रिय प्रशिक्षक राजेन्द्र तामाङले खेलाडिहरुलाई प्रशिक्षण गराई रहेका छन् ।
यहिँ माघ १४ गते देखि २४ गते सम्म प्रशिक्षण गराईने कपिलवस्तु फुटवल संघले जनाएको छ । प्रशिक्षणमा कपिलवस्तु जिल्ला भरीका २१ जना खेलाडिहरुको सहभागिता रहेको बताईएको छ । प्रशिक्षणमा सहभागि भएका खेलाडिहरुलाई जिल्लामा भएका विभिन्न खेलहरुबाट रेफ्री र संघका पदाधिकारीहरुको छनोटमा प्रशिक्षणमा अवद्ध गरीएको हो । प्रशिक्षण विहान ६ बजे देखी ११ बजे सम्म र साँझ ४ बजे देखि ६ बजे सम्म संचालन भएको संघले जनकारी दिएको हो ।
पत्रकार सम्मेलनका अध्यक्ष समेत रहेका कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापाले कपिलवस्तुका खेलाडिहरुहरुको स्तरोन्नती गर्नु, खेलाडिहरुलाई व्यवसायिक बनाउनु, अनुशासित गराउनु, तथा जिल्ला भन्दा बाहिरका खेलाडिहरु किनेर हैन जिल्लाकै खेलाडिहरुलाई सक्षम गराएर खेल प्रर्दशन गर्ने सक्तीको विकास गर्ने उदेश्यका साथ जिल्लमा यस्तो प्रशिक्षण संचालन गरिएको बताएका छन् । उनले कपिलवस्तु जिल्लका २२ वटा क्लबको कपिलवस्तु फुटवल संघमा आवद्धता रहेको जनकारी दिए । माघको अन्तीममा १३ बर्ष मुनिका खेलाडिहरुलाई जिल्लभरिबाट छनोट गरेर प्रदेशमा पठाउने र प्रदेशमा छनोट भएका खेलाडिहरुलाई केन्द्रमा पठाउने र केन्द्रमा छनोट भएकाहरुलाई एन्फाको नयाँ निती अनुसार एकेडेमिमा भर्ना हुन पाउने र खेल्ने पढ्ने तथा बस्ने सबै सुविधा अखिल नेपाल फुटवल संघ एन्फाले दिने उनको भनाई छ ।
माघ १५ गते देखिनै १३ बर्ष भन्दा तलका खेलाडिहरुलाई छनोट गरिने र माघको अन्तीम सम्ममा प्रदेश सम्म पुर्याउने लक्ष्य कपिलवस्तु फुटवल संघले लिएको अध्यक्ष थापाले बताएका हुन् ।
पत्रकार सम्मेलनमा कपिलवस्तु फुटवल संघका कोषाध्यक्ष सुसिल सिंह ठकुरी, संघका सचिव गोविन्द आर्चाय जिल्लाका पत्रकारहरु लगाएतको उपस्थीति रहेको कार्यक्रमको संचालन संघका महासचिव ईश्वर थापको संचालनमा सम्पन्न भएको थियो ।








