गृहपृष्ठ खबर आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने प्रधानमन्त्रीको दाबी

आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने प्रधानमन्त्रीको दाबी

काठमाडौं : आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहले १० पनि नजित्ने प्रधानमन्त्रीसमेत रहेका तथा केपी शर्मा ओलीले बताएका छन्।

बुधबार आफूनिकट आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भीरको बाटो हिँडे, कहिल्यै माफ गर्दैनौं, वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव समूह बरफ पग्लिएजसरी पग्लिएर सकिन्छन्।

आधिकारिक पार्टी आफूहरुको भएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले अघि बढाउने बताए।

ओलीले आफू नेपाली जनताले विश्वास गर्ने जुनसुकै धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने पनि बताएका छन्।

‘हिजो म पशुपतिनाथ मन्दिर जाँदा धेरै जना रिसाए। पशुपतिनाथ कुनै विदेशबाट आयातित सभ्यता होइन। हाम्रै पुरानो सभ्यता हो’, ओलीले भने, ‘पशुपति मन्दिर गएर के बिग्रियोरु’ म शिव, कृष्ण, देवी र नेपाली जनताले विश्वास गरेको मन्दिरमा जान्छु।’

नेपाल कुनै धर्म विशेष राज्य नभएर १ सय २७ जातजाति भाषाभाषीको साझा देश रहेको पनि प्रधानमन्त्री ओलीले त्यसक्रममा बताए।

 

सम्बन्धित् समाचार