
कपिलवस्तुको वाणगंगामा दुई दिने न्यायिक सिमितको कार्य सम्पादन तथा मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम सन्चालन भएको छ । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशकोे आयोजनामा तालिम बिहिवार देखि सुरु भएको हो ।
वाणगंगा नगरपालिका वार्ड न.३को राजापानीमा रहेको होटेल थ्री एस रिसोर्टमा सन्चालन भएको तालिममा नगरपालिकामा भएका न्यायिक समितिले हाल सम्म गरेका कार्य सम्पादन के कस्तो छ, आगामि दिनमा कसरी कार्य सम्पादनलाई चुस्त दुस्त बनाएर मेलमिलापको भुमिका खेल्न सकिन्छ भन्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको जनाइएको छ । तालिममा न्ययिक समितिका अधिकार र क्षेत्रको पनि चर्चा गरिएको थियो ।
तालिमको सहजिकरण प्रशासनिक पुर्नसंरचना आयोगका निवर्तमान अध्यक्ष एवं संविधान विद कासिरम दाहल र कार्यक्रमका श्रोत व्यक्ति, मेलमिलाप कर्ता विमल ज्ञवालिले गरेका थिए । कार्यक्रममा कपिलवस्तु लगाएत विभिन्न जिल्लाका ११ वटा नगरपालिकाका उप प्रमुख हरु र कर्मचारीहरुको उपस्थीति रहेको थियो । नेपाल नगरपालिका संघ प्रदेश प्रवन्धक हरगोविन्दले कार्यक्रमको संयोजन गरेका थिए ।









