गृहपृष्ठ Featured बाणगंगा ११ मा आमा छोरा दुवैको मृगौला फेल, सहयोगको अपिल

बाणगंगा ११ मा आमा छोरा दुवैको मृगौला फेल, सहयोगको अपिल

आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या देखिएको भन्दै उपचारमा सहयोग गर्न भुसाल परिवारले अपिल गरेको छ ।
वाणगंगा ११ बरवा निवासी उसा भुषालको दुवै मृगौला फेल भई विगत दुई वर्ष देखि स्वास्थ्य उपचार चलिरहेको अवस्थामा नीजिको छोरा वर्ष १६ का सुदिप भुषालको समेत दुवै वटा मृगौला फेल भएका छन् । उषा भुषालका श्रीमान शिवलाल भुषालले आफ्नो नाममा रहेको घर तथा जग्गा बेचर हाल सम्मको स्वास्थ्य उपचार गरेको भए पनि अब भने आफू संग छोरा र श्रीमतीको स्वास्थ्य उपचार गर्न सक्ने अवस्था नरहेको भन्दै आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।

श्रीमती र छोराको दुवै मृगौला फेल भए पछि मृगौला फेर्न आर्थिक संकट देखा परेको हो । छरछिमेकामा सर सापटी गरेर आज सम्मको खर्च व्यवस्थापन गरेको भए पनि अब भने सो अवस्था नरहेको विरामी उसा भुषालले गुनासो गर्नु भयो ।

अब हामी संगै थप उपचार गर्नका लागि रकम अभाव भएको छ एक सुको पैसा बचेँको छैन लौन हामीलाई बचाई दिनुस विरामी उषा भुषालले भन्नुभयो । नीजको ज्यान बचाउनका आर्थिक सहयोग गर्नका लागि वाणगंगा नगरपालिका वडा नम्बर ११ को कार्यालय कपिलवस्तुले हार्दिक अपिल समेत गरेको छ । आर्थिक अवस्था नाजूक भए पछि आमा छोराको ज्यान बचाउन सबैको सहयोगको खाँचो देखिएको छ । विरामीको घर सम्म पुग्न सम्भव भए वाणगंगा ११ बरवामा पुगेर वा विरामी उसा भुषालका श्रीमान शिवलाल भुषालेको ग्लोबल आई एम ई बैंक जितपुरमा रहेको बैंक खाता नम्बर ८७ ०७ ०१ ००० ३८ ६४ मा बैंक मार्फत सहयोग गर्न भुषाल परिवारले अपिल गरेको छ ।

सम्बन्धित् समाचार