गृहपृष्ठ खबर सभामुख सापकोटाद्धारा राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार भयो : अध्यक्ष तिमल्सिना

सभामुख सापकोटाद्धारा राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार भयो : अध्यक्ष तिमल्सिना

प्रकाशित मिति:

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधी सभाका सभामुख अग्नि सापकोटाले माथिल्लो सदन (राष्ट्रिय सभा) को भूमिका र गरिमामा प्रहार गरेको बताएका छन्। सोमबार पत्रकार सम्भलेन गर्दै तिमिल्सिनाले संसदीय सनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी प्रक्रियामा राष्ट्रिय सभा संलग्न नरहेको भन्दै उनले गम्भीर ध्यानाकर्षण गराएका छन्।

तिमल्सिनाले आफूसमेत सहभागी भै निर्णय भएको संवैधानिक परिषद्का सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सनुवाइ समितिलाई उपलब्ध गराइएको स्पष्ट पारेका छन्। प्रतिनिधि सभा विघटनपूर्व संघीय संसदका महासचिव एवं सनुवाइ समितिका सचिवलाई सिफारिसपत्रहरु उपलब्ध भएको र प्रक्रियामा रहेको अवस्थामा हठात् सिफारिसपत्रहरु नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ विपरित सभामुखको एकल निर्णयले फिर्ता पठाएकोमा गम्भीर आपत्ति भएको धारणा राखे।

पत्रमा उल्लिखित ‘संघीय संसद तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालन समेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधि सभाका सभामुखमा निहित भएको’ भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिका सम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन (राष्ट्रिय सभा) को भूमिका र गरिमामा प्रहार भएको उनको टिप्पणी छ। तिमल्सिनाले नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ ले संसदीय सनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको स्मरण गराएका छन्।

सम्बन्धित् समाचार