
काठमाडौं : पछिल्लो ६ दिनमा देशभर १ लाख १३ हजार १७५ जनाले कोभिशिल्ड भ्याक्सिन लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म प्रदेश १ मा १५ हजार ३२९ जना, प्रदेश २ मा १५ हजार २४ जना, वाग्मती प्रदेशमा ४० हजार २७२ जना, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४ हजार ३४० जना, कर्णालीमा ६ हजार १३१ जना र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५६ जनालाई भ्याक्सिन लगाइएको छ।
देशभर एकसाथ माघ १४ गतेबाट भ्याक्सिन कार्यक्रम सुरु भएको थियो। देशभर भ्याक्सिनको लागि १९१ वटा बुथ बनाइएको छ। पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटेका चिकित्सक, सफाइ कर्मचारी, सुरक्षाकर्मी लगायतलाई भ्याक्सिन लगाइँदैछ।








