
काठमाडौं : नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार २८९ पुगेको छ। पछिल्लो २४ घण्टामा २५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०३० पुगेको छ।








