गृहपृष्ठ खबर सार्वजनिक यातायात सञ्चालन गर्न सरकारको आग्रह, तोडफोड गरे कारबाही

सार्वजनिक यातायात सञ्चालन गर्न सरकारको आग्रह, तोडफोड गरे कारबाही

प्रकाशित मिति:

काठमाडौं : दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसायमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट सुरक्षा व्यवस्था गर्ने भएकोले सार्वजनिक यातायात सञ्चालन गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।

नेकपा प्रचण्ड-माधव समूहले २२ गते गरेको बन्द घोषणाको अघिल्लो दिन साँझ मसाल जुलुस, बिहीबार गरिने आम हडतालप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानुनविपरीत शान्ति सुरक्षामा खलल पुगे र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड भए कानुनबमोजिम कार्वाही गरिने मन्त्रालयले साँझ गरीएको विज्ञप्तिमा बताइएको छ।

नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डा राज र फासीवाद लाद्न लागिपरेको आरोप लगाएका थिए।

बुधबार पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आम हडताल घोषणा गर्नुपरेको बताएका थिए।

सम्बन्धित् समाचार