गृहपृष्ठ खबर फेरि थप १७१ मा कोरोना संक्रमण

फेरि थप १७१ मा कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना नयाँ संक्रमित भेटिएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरण अनुसार हाल देशभर २ हजार २७७ जना सक्रिय संक्रमित रहेको बताइएको छ।

गत २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८५ हजार ५७३ पुगेको छ।

गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २२७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित् समाचार